मधेश आन्दोलनमा महोत्तरी सुरु देखि अहिले सम्म (फोटो फिचर सहित)

DSC00129

गरिबको चुल्हो कहिले बल्ने
रंजन भण्डारी
जलेश्वर,मंसिर २० गते ।
मधेश आन्दोलनको ११२ औ दिन बितिसकेको छ । श्रावण ३० गते संघिय मधेशी मोर्चाको २ दिन मधेश बन्द र श्रावण ३१ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको दुई दिनको मधेश बन्द सर्वविदितै छ । प्रस्तुत छ यसै क्रममा तयार पारिएको रिपोर्ट ।DSC00251 DSC00129 DSC00256
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संगै संघिय मधेशी मोर्चाले बन्दको अन्तिम दिन सरकारले आफ्नो मांग सम्बोधन गर्न आनकानी गरेको भन्दै अनिश्चितकालित बन्दको आव्हान गरे । जुलुस निकालियो नारा लगाईयो यसै बिच आन्दोलन चर्काउन विभिन्न कार्यालयमा तोडफोड,सवारी साधनमा तोडफोडको संगै विभिन्न चोक चौराहामा टायर बालेर प्रदर्शन समेत गरियो । प्रहरी समेत यति बेलासम्म संयमित बनेको देखिएकै हो ।

DSC00170 DSC00166
सरकार र आन्दोलनकारीले नेपालको संबिधान २०७२ वारे जनतामा सत्य तथ्य जानकारी गराउन नसक्दा पनि आन्दोलन हाम्रैलागि होला भनि आमजनसमुदायले बन्दमा समर्थ जनाएर र सानो तिनो तोडफोड,नाराबाजी र प्रदर्शनलाई वेवास्ता गर्दै गए । सार्वजनिक यातायातका चालक र सहायक कर्मचारी,दैनिक ज्यालादारी गर्ने मजदुर,विद्यार्थी,शिक्षक,वितिय संस्था र आम जनसमुदायले एक दुई दिनमा मांग सम्बोधन हुन्छ र बन्द खुल्छ होला भनी आशामा बसिरहे तर केहि भएन । झन आन्दोलन सानो तिनो तोडफोड र प्रदर्शनबाट प्रहरीसंग झडप र भिडन्तमा परिणत हुन थाल्यो । यहि झडप र प्रदर्शनले विकराल रुपलिएपछि भाद्र २३ र २५ मा जलेश्वर ७ बजराहीका रोहन चौधरी,जलेश्वर १४ बखरीका अमित कापर (मुसबा),पिगौनाका विरेन्द्र विच्छा, महोत्तरी ५ का रामविवेक यादव,हात्तिलेट ९ कि रामशिला देवी र बजराही ७ का गणेश चौधरी संगै शसस्त्रका असई थमन विश्वकर्माको समेत बलि लियो । यी प्रत्यक्ष मृतक मात्र हुन ।
यीनीसंगै सरकारले मांग सम्बोधन नगरेको भनी आत्महत्या गरेका गौशालाका एक,मानवसाँग्लो निर्माणका क्रममा मरेका एक,शसस्त्रको सवारी साधन जलेश्वर १४ बखरी हुदै आफ्नो गनतव्यमा जान खोज्दा गोली मार्न आयो भन्ने त्रासका कारण भागदौड मचेको र भागदौडमै लडेर मृत्यु वरन गरेका फुल्हटटा का एक,कर्फयुको बेला सवारी साधन नपाउदा ससुराद्वारा टायरगाडामा राखेर ल्याउन खोज्दा बाटोमै मरेकि गर्भवती एक,अस्पतालमा मृतक र घाईतेहरु देख्दा असहय भई आफ्नो प्राण त्याग गरेका वृद्ध एक लगायत अन्य कैयौले आन्दोलनकै कारण ज्यान गुमाईसकेको यथार्थ हामी कहा छदै छ । तर पनि बन्द एक दुई दिनमा खुल्छ र सवै साम्य हुन्छ भनि हामी अझै प्रतिक्षामा छौ । कतिऔ आमाको कोख खाली भैसक्यो कतिऔ श्रीमतिले श्रीमान गुमाई सके कति छोराछोरीले आफ्नो आमा र बुवा गुमाईसकेका छन । घाईते मध्ये केहिले आफ्नो शरिरको अंग नै गुमाई सकेको अवस्था छ भने केहि अझै बाच्छु कि भन्ने आशमा अस्पताल धाउदै छन । यो एउटा पाटो हो अव थोरै अर्को पाटो पनि मनन गरौ ।chandar devi pasman DSC00299 11181221_937817152926630_6803102592848439540_n
श्रावण ३० पछि बन्दका कारण सवारी साधन नचल्दा अझै पनि कतिऔ यात्रीले दुःख गरि एक घन्टाको बाटो चार देखि पाच घन्टामा पैदलनै तय गर्न बाध्य छन । कतिपय लामो दुरीको यात्रीहरु भारतको बाटो भएपनि यात्रा गर्न बाध्य छन । वृद्ध,वच्चा र विरामीलाई यातायातका कारण बढी कष्ट हुने गरेको देखिन्छ । अस्पताल र औषधी पसलमा औषधी समाप्त हुने अवस्थामा छ भने कतिऔ अतिआवश्यक औषधी समाप्त भएको महिना कटिसक्यो ।
मजदुरको हकमा कुरा गर्दा दैनिक ज्यालादारी गरेर खानेहरुको अवस्था दयनिय देखिएको छ । निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु यातायातकै कारण निर्माण सामग्री नहुदा काममा जान नपाउदा आधापेट खानु परेको अवस्था छ । गृहिणीहरु खाना पकाउन ग्यास र दाउराको खोजीमा अझै व्यस्त छिन । DSC00001 20151203_100028 20151203_103537
करिब ९० दिन विद्यार्थीहरुको पठन पाठन पुर्ण बन्द भयो भने अहिले पनि यातायात र त्रास र विहानी वेलामा लाग्ने गरेको वाक्लो हुस्सु र चिसोका कारण अधिकाँश विद्यार्थीहरु विद्यालय जान पाएका छैनन । विद्यालय गएका विद्यार्थीहरु विरामी पर्ने गरेका छन । बच्चाहरु विद्यालय जादा आउदा बाटोमा बलिरहेको टायर देखेर तर्सिने गरेका छन ।
हामीले आफ्नो भविष्य कस्तो बनाउन लागेको हो एक पटक सरकार र आन्दोलनकारी दुवैले सोच्ने बेला आयो कि ? वार्ताको नाममा जिस्किरहेका सरकार र आन्दोलनकारीले भोली यस्को गम्भिर परिणाम भोग्न पनि तयार रहनु पर्ने बुद्धिजीवीहरु बताउछन  ।

Be the first to comment on "मधेश आन्दोलनमा महोत्तरी सुरु देखि अहिले सम्म (फोटो फिचर सहित)"

Leave a comment

Your email address will not be published.

*