सप्तरी रिपोर्ट : यसरी मारिए बालकसहित दुई प्रदर्शनकारी

IMG_2546-800x450

परिषकुमार कर्ण, राजविराज ६ मंसिर ।

गएराती सप्तरीको भारदह र रुपनीमा प्रहरीले प्रदर्शनकारीहरुमाथि अन्दाधुन्द गोली चलाउँदा दुई जना प्रदर्शनकारी मारिएका छन् भने एक दर्जनभन्दा अधिक गम्भीर घाइते भएका छन् ।IMG_2546-800x450

भारदहमा प्रहरीले चलाएको गोलीबाट डाढा गाविस वडा ५ बलिया टोलका १५ वर्षीय बालक विरेन राम मारिएका छन् ।

त्यस्तै रुपनीमा प्रहरीले चलाएको गोलीबाट जमुनी मधेपुरा गाविस वडा ९ का २८ वर्षीय नागेश्वर यादव मारिएका छन् ।

रुपनीमा प्रहरीको गोली लागेका एक जनाको अवस्था गम्भीर रहेको छ । उनको डाँढको पछाडि भागमा गोली लागेको घाइतेहरुको उपचारमा सक्रिय डा.रामज्ञान यादवले हुलाकी न्यूजलाई बताए ।

डा.यादवका अनुसार अन्य सात जनामध्ये भारदहमा गोली लागेका एक जना ५२ वर्षीय बृद्धको अवस्था गम्भीर रहेको छ । उनी गएरातीदेखि नै अचेत रहेको डा.यादवले बताए ।

डा.यादवका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

उनका अनुसार अहिले दुई जनाको अपरेशन हुँदैछ ।

यसरी भयो घटना

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित थारु र मुस्लिम गठबन्धनले शनिबारदेखि राजमार्ग केन्द्रीत आन्दोलन सुरु गरेको छ । उक्त आन्दोलनअनुसार हजारौंको संख्यामा प्रदर्शनकारीहरु मधेशका विभिन्न जिल्लााको राजमार्ग घेराउ गरी बसेका छन् ।

सोहीअनुसार सप्तरीको भारदह, रुपनी र बरमझियामा पनि प्रदर्शनकारीहरु राजमार्ग जाम गरेर बसेका छन् ।

काठमाडौंबाट छुटेका गाडिहरु तथा लामोदुरीको गाडीलाई प्रहरीले रातीको समयमा स्कटिङ गरेर लग्दै आएको थियो । बीपी राजमार्गबाट गुड्ने गाडिहरु पूर्वपश्चिम राजमार्ग अन्तरगत धनुषाको लालगढमा दिउँसो रोकिन्थ्यो र राती कोसी पार गरिन्थ्यो ।

राती पनि सोहीअनुसार प्रहरीले गाडि पास गर्न खाजे । पहिलो झडप धनुषाको ढलकेबरमा भयो । त्यहाँ बल प्रयोग गरेर प्रहरीले बाटो खाली गराए । त्यसपछि अन्य स्थानमा थोरै संख्यामा प्रदर्शनकारीहरुलाई प्रहरीले तितरवितर पारे ।

तर सप्तरीको रुपनी र भारदहमा हजारौंको संख्यामा प्रदर्शनकारीहरु सडकमा बसेका थिए । उनीहरुलाई धपाउन प्रहरीले साँझ माईकिङ्गसमेत गरेको प्रहरीको दाबी छ ।

तर प्रदर्शनकारीहरुका अनुसार प्रहरीले अचानक राती करिब ११ बजेपछि फाईरिङ्ग सुरु गरे । सयौं राउण्ड आश्रुग्याँस प्रहार गरेपनि प्रदर्शनकारी सडक छोड्न मानेन । त्यसपछि प्रहरीले अन्दाधुन्द गोली चलाउन थाले । प्रदर्शनकारीहरु भागभाग भए ।

धान खेतमा भागी रहेका प्रदर्शनकारीहरुलाई पनि ताकेर प्रहरीले गोली हानेको प्रदर्शनकारीहरुको दाबी रहेको छ ।

आइतबार विहानैदेखि सप्तरीको विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ । स्थानीय प्रशासनले लगाएको कफूर्य तोड्ने कार्यक्रम पनि प्रदर्शनकारीहरुको रहेको छ ।

साभार हुलाकी न्युज

Be the first to comment on "सप्तरी रिपोर्ट : यसरी मारिए बालकसहित दुई प्रदर्शनकारी"

Leave a comment

Your email address will not be published.

*