एमालेको ढाड भाच्दै,सयौले गरे पार्टी परित्याग

20151109_114038

रंजन भण्डारी
जलेश्वर,कार्तिक २३ गते ।
नेपाली कम्युनिष्ट आन्दोलनको सम्बाहक नेकपा एमालेमा २०५१ साल देखि लागेका जिल्ला कार्यसमिति महोत्तरी सदस्य रामजानकी यादव लगायत सयौले पार्टी परित्यागको घोषणा गरेका छन । 20151109_114038
निवर्तमान पिपरा गाविस अध्यक्ष एवं जिल्ला कार्यसमिति सदस्य तथा नेकपा एमाले महोत्तरीको खम्बाका रुपमा परिचित रामजानकी यादव,सदस्य निलम यादव,नेकपा एमाले क्षेत्रीय उपाध्यक्ष क्षेत्र नं ३ का विजय साह,गाउ कमिटि सदस्य किशोरी साह,गाउ कमिटी सदस्य जो कुमार दास,राम एकवाल कापड,राम जीवन कापड,गाउ कमिटी उपाध्यक्ष जिवछ पासवान लगायत सम्पुर्ण पिपरा गाउ कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै ं साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन ।
नयाँ संबिधानमा मधेश र मधेशीहरुलाई आफ्नो अधिकारबाट बन्चित गराउन खसवादीहरुले गरेको तिरकमको पर्दाफास भएको र सत्ता र स्वार्थका लागि पार्टीको जन्मकाल देखि नै संघियता विरोधी चित्रबहादुर के.सी. गैर लोकतान्त्रिक फासीस्त कमल थापा जस्ता शक्तीहरुसंगको साठगाठको घोर निन्दा गर्दै नया संबिधानमा अग्रगामी परिवर्तनको सटटा पुरातन सोचले जकडी मधेशीको हक र अधिकार कुण्ठित गरेकोले पार्टी परित्याग गरिएको विज्ञप्तीमा जनाइएको छ । 9tA5gEPX70d3TdKHbPQgCf25[1]
नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य रमन पाण्डेय लगायतको उपस्थितीमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै रामजानकी यादव लगायतले अव पार्टीमा कहिल्यै नफर्किने र मधेश तथा मधेशीको हक अधिकार दिलाउन आन्दोलनमा लाग्ने जनाएका छन ।

1 Comment on "एमालेको ढाड भाच्दै,सयौले गरे पार्टी परित्याग"

  1. Very good,
    Yasta puratanbadi ko sangathanma basirahnuko auchitya kehi chhaina

Leave a comment

Your email address will not be published.

*