वुद्धिचाल छनौट खेल शुरु

रंजन भण्डारी

जलेश्वर, कात्तिक १४ गते । महोत्तरी सदरमुकाम जलेश्वरमा शनिबारदेखि सातौ
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि जिल्ला स्तरीय छनौट प्रतियोगिता शुरु
भएको छ ।20151031_094553 20151031_094613 20151031_103747 20151031_110928
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला वुद्धिचाल संघको
सहआयोजनामा शुरु भएको छनौट प्रतियोगितामा जिल्लाका १४ खेलाडीले भाग
लिएका छन् ।
सदरमुकाम जलेश्वरको महोत्तरी क्लव तथा पुस्तकालयमा शुरु भएको प्रतियोगिता
दुईदिन सम्म चल्ने जिल्ला वुद्धिचाल संघका अध्यक्ष तथा प्रशिक्षक दिपुकुमार साहले
जनाएका छन ।
उहाँले छनौट प्रतियोगितामा जिल्लाका दुईवटा खेलाडी छनौट गरी
क्षेत्रियस्तरको प्रतियोगितामा भाग लिन पठाइने जानकारी दिनुहुदै यो
प्रतियोगिताले जिल्लामा खेलाडी उत्पादन समेत हुने दावी गर्नुभयो ।
प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितेन्द्र चौधरी, समितिका
प्रतिनिधि तथा कराँते प्रशिक्षक विन्देश्वर साह र समितिका कोषाध्यक्ष राजु
पन्तको समेत उपस्थिती रहेको छ ।
छनौट प्रतियोगितामा वुद्धिचाल खेलमा राष्ट्रियस्तरमा भाग लिइसकेका खेलाडी
सहित नवप्रतिभाहरुको समेत उपस्थिती रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *