महोत्तरीमा लागुऔषध सहित १ जना पक्राउ

धनबीर महतो

गाैशाला, पाैषा २० गते
महोत्तरीको गौशालामा प्रहरीले लागूऔषध सहित १ जना लाइ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गौशालाको नियमित गस्ती टोलीले बर्दिबास २ का सरोज कुमार महतोलाई पक्राउ गरेको हो । सिमा नाका सम्सीबाट गौशालातर्फ आईरहेका महतोलाई प्रहरीले चेकजाँच गर्दा निजको साथबाट स्पासमो प्रो क्याप्सुल १ थान, कोरेक्स १ बोतल, नाईट्रोभेट २ टयाब्लेट फेला पारेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
अभियुक्त महतोलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरि अनुसन्धान जारी रहेको प्रहरी नायव निरीक्षक राम कुमार सिहं राजपुतले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *