अन्तत महादेवले दर्शन दिए

20151019_091919

रंजन भण्डारी
जलेश्वर,कार्तिक ३ गते ।
विगत केहि दिन देखि रुष्ट भएका महादेवले अन्ततः दर्शन दिएका छन । जलेश्वरनाथ महादेवको जलगुफा भित्र गत दुई पटक जल पुर्णरुपमा फ्याक्न असफल नेपाल सेनाले अन्तत सफलता पाउदै सोमवार गुफाको जलपुर्ण निकाली भक्तजनहरुलाई महादेवको दर्शन गराएका छन । 20151019_091919
गुफाको जल दुई तिन फिट भन्दा बढी निस्कन नसकेको कारण करिव १३ फिट गहिरो गुफामा शिवलिङ्गको दर्शन असम्भव रहेकोमा मधेश आन्दोलनमा प्रहरीको दमन,जथाभावी जल निकालिनु लगायतका विभिन्न कारणले गर्दा भगवान रुष्ट भएका र दर्शन दिन ईच्छा नभएका कारण जति निकाल्दा समेत जल कम नहुने प्रतिकृया आईरहेको बेला सेनाले अघिल्लो दुई पटक भन्दा दोब्बर मिहिनेत गरेर गुफाको जल निकालेका हुन । 20151019_091344

Be the first to comment on "अन्तत महादेवले दर्शन दिए"

Leave a comment

Your email address will not be published.

*