संघिय मधेशी मोर्चाले थाल ठठाएर बिरोध जनाए,सिमानाकामा महिलाको व्यापक सहभागिता देखियो

राहत संकलन केन्द्रमा सहयोग आउदै
रंजन भण्डारी
जलेश्वर,आश्विन २० गते ।
संघिय मधेशी मोर्चाले महोत्तरी सदरमुकाम जलेश्वरमा बुधवार थाल ठठाएर संबिधानको बिरोध जनाएका छन । मोर्चाको पुर्व घोषित कार्यक्रम जलश्वरको शंकरचोकवाट निस्केको थाल ठठाउने जुलुस दुर्गाचोक हुदै बुद्धिजिवीचोक पुगेर टुंगेको थिायो ।DSC00812
 विगत ५४ दिन देखि मधेशमा जारी आन्दोलन र १२ दिनदेखिको नाकाबन्दका कारण मधेश लगायत सम्पुर्ण नेपाल अस्तव्यस्त रहेको बेला मांग सम्बोधन नहुन्जेल सम्म आन्दोलन नथामिने मोर्चाको अडान रहिआएको छ । यता स्थानिय प्रसासनले कफर््यु हटाउदा समेत जलेश्वरका स्थानिय बजार,पसल खुल्न सकेको छैन ।
महोत्तरीमा आन्दोलनको समर्थनमा दैनिक विभिन्न जुलुसहरु प्रदर्शन हुदै आईरहेको छ भने आन्दोलनबाट प्रभावितहरुको लागि राहत वितरण एवं संकलन केन्द्र मार्फत खाद्यान्न लगायतका राहत वितरण हुदै आएको छ । सो संकलन केन्द्रमा बुधवार समेत राहत सामग्री आउने क्रम जारी छ । सहयोग गर्नेहरुमा सुगा भवानीपटटी साविक ७ नं. वडावाट चामल सय किलो , आलु २५किलो,दाल १० किलो र नगर १०४६ दिएका छन भने गोनरपुरा १,२,३,४ वडाका वासिन्दाहरुले चामल ५० किलो सहयोग गरेका छन । त्यसतै गोनरपुरा हिन्दु टोलले चामल ८० किलो,दाल ५ किलो र नुन ५ किलो साथै जलेश्वरमा मोटरसाईकल ग्यारेज रहेका रामप्रसाद चौधरीले ५० किलो चामल सहयोग गरेका छन ।DSC00744

यता लामो बन्द र मोर्चाद्वारा गरिएको नाकाबन्दीले प्रहरी प्रसासन समेत प्रभावित भएको छ । मधेश लगायत नेपालमा पेट्रोलिय,ग्यासको अभाव रहेकोमा प्रहरीले समेत दाउराको प्रयोग गर्न थालेको छ । केहि बुद्धिजिवीले प्रहरीले पहिले देखि नै दाउराको प्रयोग गरिरहेको बताएपनि पहिले दाउरा बोकेको गाडी चाहि नदेखेको केहि स्थानिय युवाले बताएका छन । DSC00453
त्यसतै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघिय मधेशी मोर्चाले महोत्तरीको सिमानाका विगत १२ दिनदेखि गरिरहेकोमा अहिले उनलाई समर्थन गर्न विभिन्न गाविसका वासिन्दाहरु समेत आउन थालेका छन । बुधवार मटिहानी मधवापुरमा पिपराका वासिन्दाहरुले नाकाबन्दीमा सघाएका छन । पिपराबाट आएको टोलीमा भने महिलाहरुको उल्येख्य सहभागिता रहेकोमा मोर्चाले समेत धन्यवाद व्यक्त गरेका छन ।

Be the first to comment on "संघिय मधेशी मोर्चाले थाल ठठाएर बिरोध जनाए,सिमानाकामा महिलाको व्यापक सहभागिता देखियो"

Leave a comment

Your email address will not be published.

*