कतारवासी नेपालीको पुनः सहयोग

जलेश्वर,आश्विन १६ गते ।
भनिन्छ मानिस जहा भएपनि आफनो जन्मभुमिको नुन र ऋण कहिल्यै विर्सन सक्दैन यसलाई पुष्टी गर्दैछन कतारमा वसोवास गर्ने नेपालीहरुले । मधेश आन्दोलनमा भाद्र ८ गते प्रहरीको गोली लागि मारिएका मटिहा ६ रौतहट निवासी राजकिशोर ठाकुरको परिवारलाई प्रवासी मिथिला समाज कल्याण दोहा कतारका युवाहरुले ६६ हजार सहयोग पठाएका छन । कतारमै वस्दै आएका सोहि ठाउका सोनेलाल पंडितको सहयोगमा सोनेलालको वुवा रामदेव पण्डितको नाममा पिडित परिवारसम्म पैसा पुर्याईदिन भनी पठाइएको प्रवासी मिथिला समाजका रविन्द्र उदासीले जनाएका छन । 12047757_672180046251864_599389672_n
सो सहयोग राशीमा ५१ हजार समाजको तर्फवाट र १५ हजार सोनेलालको व्यक्तीगत सहयोग रहेको थियो तर पंडितले रौतहटमा आयोजित समारोहमा जम्मा ६१ हजार दिएका र सो आफैले दिएका राजकिशोर ठाकुरका वुवा महंत ठाकुर र स्थानियलाई बताएका थिए । सोनेलालको परिवारद्वारा देखाईएको यस्तो व्यवहारको आफुहरुलाई अपेक्षा नरहेको भन्दै सम्पुर्ण प्रवासी मिथिला समाजका युवाहरुले रोश व्यक्त गरेका छन ।
तथापी यस्ता कार्यले आफुहरुको हौसलामा कुनै कमि नआएको र नेपालमा रहेका पिडितहरुलाई निरन्तर सहयोग गरिरहने प्रवासी मिथिला समाजका युवाहरु वताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *