मानव साँगलोमा २०६३ को जिउदो सहिद समेत सहभागी,एकको मृत्यु

रंजन भण्डारी
जलेश्वर,आश्विन १४ गते । पुर्व मेची देखि पश्चिम महाकालीसम्म संयुक्त मधेशी मोर्चा लगायतले आव्हान गरेको मानव साँगलो निर्माणमा पहिलो मधेश आन्दोलनमा घाईते भई आफ्नो खुटटा गुमाएका जिउदो सहिद विजय कुमार ठाकुर समेत DSC00664 DSC00670 DSC00677
सहभागी भएका छन । विहिवार १ बजे देखि ३ बजे सम्म बनाईएको सो मानव साँगलोमा महोत्तरीका लाखौ,महिला , पुरुष,युवा,बृद्धले सहभागिता जनाएका थिए ।
महोत्तरीमा रतौली,भ्रमरपुरा,भगवानपुर,बदिया वन्चौरी,पडौल,बल्वा,सरपल्लो,मनरा,भोल्ही,गैढाभेटपुर हुदै खैरबनी भई सर्लाहीको सिमासम्म ४० किलोमिटरसम्मको मानव साँगलो निर्माण गरिएकोमा सो मा रतौली १ का विजय कुमार ठाकुर समेत सहभागी भई ऐक्यवद्धता जनाएका छन । २०६३ को आन्दोलनमा जनकपुरको जानकी चौकी नजिकै उनको दुवै खुटटामा प्रहरीले गोली हान्दा उनको दाया खुटटा नै काटनु परेको थियो ।
यता मानव साँगलो निर्माण कै क्रममा सिस्वा कटैया ८ सहसरामका अन्दाजी ४५ वर्षिय उमेश कापरको लाममा वसेको बेला रिंगटा लागि मृत्यु भएको छ । उनी मनरामा मानव साँगलोमा सहभागी थिए । उनलाई जलेश्वर अस्पतालका डा. सतिसले मृत घोषित गरेका थिए ।
यता मधेशी मोर्चाले उहाले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाले सहिद घोषणा,क्षतिपुर्ती र परिवारको एक सदस्यलाई जागिर दिन सरकारसंग मांग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *