भटटराई स्वार्थपुर्तीको लागि मात्र मधेश आएको मातृकाको आरोप

रंजन भण्डारी
जलेश्वर,आश्विन १२ गते ।
भटटराई स्वार्थपुर्तीको लागि मात्र मधेश आएको नेकपा (माओवादी)का संयोजक मातृका यादवले बताएका छन । स्मारक बनाउन सदभावनाका सहमहामन्त्री देवेन्द्र यादवले एकलाख दिने घोषणा गरेका छन । DSC00637 DSC00640 DSC00642
महोत्तरीको जलेश्वरमा गत भाद्र २३ गते प्रहरीको गोलीलागि मारिएका महोत्तरी ५ का रामविवेक यादवको श्रद्धान्जी सभामा बोल्दै मातृका यादवले भटटराई स्वार्थपुर्तीको लागि मात्र मधेश आएको समेत उनको आरोप छ । आफुले प्रचण्ड,बाबुराम लगायतका नेताहरुलाई राम्ररी चिनेको र उनीहरु मधेशीको नभई पक्का खसवादी रहेको संयोजक यादवको आरोप छ । केहि विशिष्ट भनाउदा नेताहरुले मधेश र मधेशीको पहिले देखि नै उपेक्षा गर्दै आईरहेको र मधेशीलाई बादर नाचे जस्तै नचाउन मिल्ने सम्झेकोमा उहाले मधेशी जनता उनीहरुको झासांमा अव नआउने बताए । उहाले जनता संघर्षमा रहेको तर नेताहरु काठमाण्डौमा रमाइरहेको बताउदैे । ‘नेताज्यूहरु के के न मिल्छ भन्दै काठमाण्डौमा छन् भने जनतामा सडकमा ।’
संयोजक यादवले देश र जनताको लागि तथा आफ्नो र आफ्नो परिवारको लागि गरि राजनीति दुई किसिमको भएको बताउनुहुँदै अहिलेका नेताहरु देश र जनताका लागि नभई आफ्नो र आफ्नो परिवारका लागि मरिहत्ते गरिरहेको आरोप लगाउनुभयो । उहाँले २००७ सालदेखि अहिलेसम्मको आन्दोलनमा यस्तै प्रबृति देखिएको स्पष्ट गर्नुहुँदै अब भने देश र जनताको लागि राजनीति गर्नुपर्ने बताउनुभयो ।
श्रद्धान्जली सभाकै अवसरमा सदभावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादवले रामविवेक यादवको स्मारक बनाउन एकलाख दिने घोषणा गरेका छन । मधेश आन्दोलनमा निरन्तर लागेका देवेन्द्र यादवले आफ्नो निजी पैसा दिने स्पस्ट पार्दै सहिदको सम्मानमा यो आफ्नो तर्फवाट श्रद्धापुष्प भएको बताएका छन ।
सोहि सभामा मृतकको सम्मानमा गायक संतोष साहले मधेश आन्दोलनलाई समर्थन गर्दै गित प्रस्तुत गरेका थिए ।

Be the first to comment on "भटटराई स्वार्थपुर्तीको लागि मात्र मधेश आएको मातृकाको आरोप"

Leave a comment

Your email address will not be published.

*