तीन दशकदेखि बाँसको पुलमा भर

राकेश प्रसाद चाैधरी10931294_10204249109325746_7215956410118868571_n

महोत्तरी, पाैष २८ गते ।

महोत्तरी जिल्लामा केहि गाउँलेको जीवन अझै पनि बाँसको पुलमा भर छ । स्थानीयले निरन्तर पक्की पुलका लागि सरकार र राजनीतिक दलका प्रतिनिधिलाई गुहार्दा समेत समस्या विगत तीन दशकदेखि यथावत छ ।

गाेनरपुरा गाउ प्रवेश गर्न बनाइएकाे बासकाे पुल

गाेनरपुरा गाउ प्रवेश गर्न बनाइएकाे बासकाे पुल

हिउँदको समयमा बासको पुलले जेनतेन धानेपनि बर्षा याममे भने स्थानीय बासिन्दाले सास्ती ब्याहोर्नु परिरहेको छ । गोनरपुरा, रतवारा, बेलासहितका गाउँहको रातु र अंकुसी नदी बाढीले बर्षा याममा ती पुल बगाउन स्थानियको समस्यामा छन् ।

नदीक्षेत्र बिस्तारै सय मिटरभन्दा बढी फैलिसकेको छ । शैक्षिक, आर्थिक, समाजिक तथा राजनीतिक गतिविधि गर्न समेत यस क्षेत्रका बासिन्दालाई चैत्रदेखि जेठबाहेकका महिनामा बाँसकै पुलको सहारा हुने गर्दछ । तीन महिना कम पानी भएका कारण नदीलाई नै बाटोको रुपमा प्रयोग गर्ने गरिएको गोनरपुराका भिखारी साहले बताए ।

गोनरपुराजस्तै रतवाराको जनजीवन पनि बाँसकै पुलको सहारामा चलेको छ । जलेश्वर नगरपालिकाको वडा नम्बर ८ तथा डाम्हीमडै गाउँ बिकास समितिमा पर्ने रतवारा गाउँका स्थानीय बाँसकै पुलबाट कोल्हुवा बहेडा बजार पुग्नुपर्ने बाध्यता छ । बिद्यार्थीलाई माध्यमिक तथा उच्च शिक्षा अध्ययनका लागि बाँसकै पुलकै सहारा बनेको हो ।

जनता उच्च माध्यमकि बिद्यालयका शिक्षक महेन्द्र ठाकुरका अनुसार चचरी(बाँस)को पुलले नै रतवाराको शैक्षिक बिकासमा मद्दतगार भएको छ । नेकपा एमालेका नेता एवं महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ का सभासद रामदयाल मण्डल रतवारा गाउँकै बासिन्दा हुन् ।

बाढी आएको समयमा आवागमन बन्द भएपछि तत्कालिन राहतका लागि जिल्लाको अधिकांश ठाउँमा बाँसकै पुल देख्न सकिने नेपाल रेडक्रस सोसाइटीका सभापति दिपक मिश्रले बताए । यसै बर्ष जलेश्वर नगरपलिकाको वडा नम्बर १४ मा प्रवेश पाएको अनकार गाउँ बिकास समिति वडा नम्बर ४ देखि ६ बेला गाउँका स्थानीयलाई मोटरसाइकलसहितका सवारीसाधानमा सदरमुकाम जलेश्वर पुग्न घुमाउरो बाटो हिड्नुपर्छ ।

Be the first to comment on "तीन दशकदेखि बाँसको पुलमा भर"

Leave a comment

Your email address will not be published.

*