चौठचन्द्र र तिज पर्वमा कफर््यु छुटको समय बढाईयो

रंजन भण्डारी
जलेश्वर,भाद्र ३० गते ।
मिथिलाको प्रसिद्ध चाडपर्व मध्ये चौठचन्द्रको निक्कै महत्व रहेको र आजको दिन साझ खाली हात चन्द्र दर्शन गर्न नहुने मान्यता रहेकोमा मिथिलामा विभिन्न प्रकारका फलफुल,दहि,मकै,पुरी,खिर लगायतका सामग्री हातमा लिई चन्द्र दर्शन गर्ने परम्परा रहिआएको छ । साथै महिलाहरुले मनाउदै आएको हरितालिका तिज समेत आजै परेको भएपनि ले मन्दिरमा महिलाहरुको उपस्थिति न्युन देखिएको छ । अन्य वर्षको तुलनामा खासै उपस्थिति नरहेपनि स्थानिय महिलाहरु भने मन्दिर पुगेर सामान्य पुजापाठे गरेकि छिन । गत वर्षहरुमा भने महिलाहरु दिन भरि मन्दिरमा नाचगान गरि रमाईलो गर्ने गरेकोमा यस वर्ष भने मधेश आन्दोलन र सो पछिका घटना परिघटनाका कारण इच्छा पनि नभएको र परिस्थिती पनि नरहेको महिलाहरुले बताएकि छिन ।
महोत्तरीमा गत बुधवार राती देखि जारी अनिश्चित कालिन निषेधाज्ञा भने चौठचन्द्र र तिज पर्वको विशेष मौकामा ६ देखि साझ ४ बजे सम्म खुकुलो पारिएको छ । स्थानिय प्रसासनले पर्वको मौकामा आम जनसमुदायलाई केहि राहत होस भनेर निषेधाज्ञा अन्य दिन भन्दा केहि वढी समयको लागि खुकुलो पारिएको र साझ समेत केहि समय खुकुलो पारिने जनाएका छन ।
निषेधाज्ञा खुकुलो पारिएकोमा अधिकांश स्थानिय खुसी देखिएका छन भने स्थानिय बजारमा उनको उपस्थिति उल्लेख्य रहेको छ । पर्वको लागि चाहिने आवश्यक सामग्री लिन बजार भरि नै मानिसहरुको चाप देखिएको छ भने व्यापारीहरु समेत खुसी देखिएका छन
६ जना प्रदर्शनकारी र एक शशस्त्र असईको मृत्यु हुने गरि महोत्तरीमा भएको झडपलाई साम्य पार्न स्थानिय प्रसासनले गत बुधवार देखि निषेधाज्ञा लगाएको थियो ।

Be the first to comment on "चौठचन्द्र र तिज पर्वमा कफर््यु छुटको समय बढाईयो"

Leave a comment

Your email address will not be published.

*