शवयात्रा मंगलवार निकालिने सम्भावना

रंजन भण्डारी
जलेश्वर,भाद्र २८ गते ।
महोत्तरीको जलेश्वरमा हुन भनिएको शवयात्रा र अन्त्येष्टी आज नहुने भएको छ ।
बाटोको विषय लिएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र स्थानिय प्रसासन बिच सहमति हुन नसक्दा आज शवयात्रा निस्कन नसकेको हो ।
यता पिडित परिवारहरुले प्रेस विज्ञप्ती जारी गर्दै प्रसासनले धाकधम्की दिएर शव बुझाउन प्रयास गरेको र सो हामीलाईे स्विकार्य नभएको जनाएका छन । साथै प्रसासनलाई शवयात्रा निकाल्न दिन उचित वातावरण मिलाउन समेत मांग गरेका छन ।
राजनितिक दल तथा पिडित परिवारहरुले जलेश्वरको जिरोमाईल,बुद्धिजिवी चौक,शंकरचौक,साहुजीपटटी हुदै खैराचौक जाने बाटो तय गरेका छन भने स्थानिय प्रसासनले जिरोमाईल देखि सिधै भिठामोडको बाटोको अनुमति दिन सकिने बताएका छन ।
मोर्चाले भने आफ्नै ठाउमा सहिदको शवयात्रा निकाल्न प्रसासनले रोक लगाउन खोज्नु भनेको बन्दुक देखाएर आवाज दवाउन खोजेको आरोप लगाएका छन । अब मंगलवार शवयात्रा निस्कीन सक्ने सम्भावना रहेको मोर्चाले जनाएको छ । साथै आन्दोलनलाई समर्थन गर्दै ढेकहा,अतरार,बरदाहा र पिपरामा मोटरसाईकल र्याली निकालिएको छ ।
यता प्रसासनले अपरान्ह चार बजे देखि साझ ६ बजे सम्म जम्मा २ घण्टा निशेधाज्ञा खुकुलो पारेको छ ।

Be the first to comment on "शवयात्रा मंगलवार निकालिने सम्भावना"

Leave a comment

Your email address will not be published.

*