सोमवार शवयात्रा र सामुहिक दाहसंस्कार गरिने

DSC00237

जलेश्वर १४ बखरीका अमित कापर कि श्रीमती

रंजन भण्डारी
जलेश्वर,भाद्र २७ गते ।
गत बुधवर र शुक्रवार प्रहरीको गोलीलागी मरेका मृतकहरुको शवयात्रा निकालिनुको साथै सामुहिक दाह संस्कार समेत गरिने भएको छ ।
विगत ५ दिन देखि रोहन,अमित र रामविवेकको शव दाहसंस्कार हुन नसक्दा अस्पतालमै रहेको र सोको अवस्था विग्रदै गइरहेकोमा प्रसासनले सहिद घोषणा,क्षतिपुर्ति,परिवारको एकजनालाई जागिर लगायतका मांगहरु सिफारिस गर्न तयार भएपछि शवयात्रा र दाहसंस्कार सोमवार ११ बजे गर्ने निर्णय संयुक्त लोकतान्त्रिक मोर्चाले गरेको छ ।
सो शवयात्रामा संघिय मधेशी मोर्चा,विभिन्न राजनितिक दल,व्यापारी,नागरिक समाज,बुद्धिजिवी,विद्यार्थी,युवा लगायतका सम्मिलित हुने मोर्चाले जनाएको छ ।
यसवारे प्रजिअ दिपक काफ्लेले भने सो विज्ञप्ती अझै आफु कहा नआईपुगेको र अहिलेनै सो वारे बताउन नसकिने जनाएका छन ।
बुधवार जलेश्वर ७ का रोहन चौधरी,जलेश्वर १४ का अमित कापर,महोत्तरी ५ का रामविवेक यादव र पिगौनाका विरेन्द्र विच्छाको गोली लागी मृत्यु भएको थियो भने शुक्रवार हात्तिलेटकी रामशिला देवी मण्डल र जलेश्वर ७ का रोहनका हजुरबुवा गणेश चौधरीले ज्यान गुमाएका थिए ।

Be the first to comment on "सोमवार शवयात्रा र सामुहिक दाहसंस्कार गरिने"

Leave a comment

Your email address will not be published.

*