आन्दोलनलाई समर्थन गर्दै नाकाबन्दी

रंजन भण्डारी
जलेश्वर,भाद्र २७ गते ।
महोत्तरीका विभिन्न सिमा स्थित स्थानियहरुले आन्दोलनलाई समर्थन गर्दै नाकाबन्दी गरेका छन ।
नोचा,मच्छपकौनी,बेला,गोरहारी,कन्हमा,भगौतीपुर,रघुनाथपुर,सम्सी,गैढाभेटपुर,पोखरभिण्डा लगायतका नाकाहरु शनिवार देखि नै बन्द रहेको छ । मच्छपकौनीका मुखिया पवन मण्डल र नागरिक समाजका अगुवा अन्गद पुर्वेले नाकाबन्दीबारे जानकारी दिदै प्रहरी प्रसासनको लागि पुर्णरुपमा बन्द गरिएको नाका सर्वसाधारणको दैनिक उपभोग्य केहि परिमाणको लागि भने छुट रहेको जनाएका छन ।
साथै कन्हमा गाविस स्थित बजार तथा पसलहरु पुर्णरुपमा बन्द रहेको जनाउदै कन्हमा उद्योग वाणिज्य संघका अध्यक्ष राम दरेश साह र ग्राम पञ्चायत प्रमुख शेष जुमन ले समेत आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन ।

Be the first to comment on "आन्दोलनलाई समर्थन गर्दै नाकाबन्दी"

Leave a comment

Your email address will not be published.

*