कफर््यु तिन घण्टाको लागि फुकुवा

रंजन भण्डारी
जलेश्वर,भाद्र २७ गते ।
बुधवार राती देखि जलेश्वरमा जारी कफर््यु ै आईतवार ३ घण्टाको लागि फुकुवा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले वातावरण सहज बनाउन भन्दै आईतवार विहान ६ बजे देखि ९ बजेसम्मको लागि सो फुकुवा गरेको जनाएका छन ।
साथै शव यात्रा निकाल्न राजनितिक दलले कसले जिम्मा लिने र कुन रुट प्रयोग गर्ने भन्ने स्पस्ट धारणा राखे सो विषयमा गृहमन्त्रालयको निर्देशन बमोजिम वातावरण मिलाउन सकिने समेत प्रजिअले बताएका छन ।

कर्फयु जलेश्वर

कर्फयु जलेश्वर

कफर््यु थोरै अवधीको लागि खुलेपनि स्थानियले केहि राहत महसुस गर्दै दैनिक उपभोग्यका वस्तुहरु संचय गर्न थालेका छन । साथै सोहि मौका पारि जलेश्वरको तनावपुर्ण वातावरणबाट समेत कयौ युवाहरु भारत पलायन हुने क्रम जारी छ ।

Be the first to comment on "कफर््यु तिन घण्टाको लागि फुकुवा"

Leave a comment

Your email address will not be published.

*