मृतकको शवयात्रा निकाल्ने वातावरण बनाउन जोड,भयले एकजनाको मृत्यु

रंजन भण्डारी
जलेश्वर,भाद्र २६ गते ।
महोत्तरीको जलेश्वरमा गत बुधवार र शुक्रवार प्रहरीको गोलीलागी मृत्यु भएकाहरुको शव अझै जिल्ला अस्पतालमा दाहसंस्कारको लागी प्रतिक्षामा रहेको अवस्था छ ।
संयुक्त लोकतान्त्रिक मधेशीमोर्चाले मृतकहरुको शवयात्रा निकाल्न तयारी रहेको अवस्थामा स्थानिय प्रसासनले कफर््यु लगाई वातावरण विगारेको र सो अविलम्व हटाई वातावरण सहज बनाउन अपिल गरेको छ । IMG_5447
यता प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले शुक्रवार मात्र राजनितिक दल लगायतको आग्रहमा तिन घण्टाको लागि कर्फ्यु हटाउदा ३ जनाको ज्यान जानेगरि घटना हुन पुगेको बताउदै शवयात्रावारे मोर्चा लगायतका कसैको पनि स्पस्ट जवाफ नआईसकेको बताएका छन । शवयात्राको जिम्मा स्पस्टरुपमा लिईए गृहको निर्देशनमा अनुमति दिन वा शव आफन्तलाई जिम्मा लगाउन बाधा नरहेको प्रजिअ काफ्लेले स्पस्ट पारेका छन ।
यता आन्दोलनमा सहिद भएकाहरुको मृत आत्मालाई श्रद्धान्जली दिन महोत्तरीको पिपरामा सुन्दर अभियानका अभियानीहरुले श्रद्धान्जलीसभा गरेका छन । मृतकको आत्माको चिर शान्तिको लागि महोत्तरीको मटिहानी र भारत विहारको मधवापुरमा शनिवार बजार समेत बन्द गरिएको थियो । स्मरण रहोस गत बुधवार र शुक्रवार ६ जना सर्वसाधारण र एक शसस्त्रका जवानको मृत्यु भएको थियो ।
त्यसतै शनिवारको कफ्युको विरोधमा जलेश्वरको शंकरचौकमा एक मोटरसाईकल जलाईएको छ भने जलेश्वर १४ बखरीबाटो भई शसस्त्रको केहि गाडीहरु पासहुदा त्यहा भगदड मचेको र सोहिमा छोरीको ससुराली आएका महोत्तरीको फुल्हटटा गाविस ८ का हकिम अन्सारी आत्तिएर भाग्न खोज्दा लडेर उनको मृत्यु भएको छ । साथै जलेश्वर अस्पतालमा उपचार गराईरहेको जलेश्वर ७ बजराहीका एक वृद्ध अस्पतालमा लासहरु देख्दा दम रोगी उनी सो सहन नसकी उनको मृत्यु भएको छ भने डा.ले उनी पहिले देखि नै विरामी रहेको र सोही कारण उनको मृत्यु भएको जनाएका छन । यता मोर्चाले बखरीमा मरेका अन्सारीलाई सहिद घोषणाको मांग गरेका छन ।

Be the first to comment on "मृतकको शवयात्रा निकाल्ने वातावरण बनाउन जोड,भयले एकजनाको मृत्यु"

Leave a comment

Your email address will not be published.

*