रंजन भण्डारी
जलेश्वर,भाद्र २६ गते ।
महोत्तरीको जलेश्वरमा आज तिनजनाको मृत्यु संगै मर्नेहरुको संख्या सात पुगेको छ ।
जलेश्वरको शंकर चौकमा आज १२ बजे पछि भएको झडपमा हात्तिलेट घर भई हाल जलेश्वर वस्दै आएका शम्भु मण्डलकी श्रीमति रामशिला देवीको टाउकोमा गोली लागि मृत्यु भएको छ । साथै बुधवार मृत्यु भएका रोहन चौधरीको हजुर बुवा गणेश चौधरीको समेत प्रहरीको गोलीले आखा भन्दा माथीको पुरै भाग उडेर मृत्यु भएको छ । उहा विगतमा महोत्तरीबाट रासस सम्बाददाता भएर काम गरिसक्नु भएको छ ।
सोही घटनामा धवौलीका १२ वर्षिय अजित मिश्रको खुटटामा,जलेश्वर २ की शैल देवीको दाहिने घुडामा,वजराहीका नागेन्द्र सिंहको पाखुरामा,वजराहीका महेश्वर ठाकुरको हातको दुईटा औला गोलीले उडेको र रमौलका श्याम सुन्दर सिंहको भाग्ने क्रममा लडी घाईते भएको खवर प्राप्त भएको छ । नागेन्द्र सिंह,अजित मिश्र र महेश्वर ठाकुरको उपचार जलेश्वर अस्पतालमा हुन नसकी अंचल अस्पताल लगिएको छ । साथै प्रहरीको प्रहारबाट घाइते अन्य करिब २० जनाको विभिन्न निजि क्लिनिकमा उपचार भईरहेको छ ।
शुक्रवार बिहान ६ देखि ९ बजेसम्म प्रसासनद्वारा कर्फ्यु खुकुलो पार्दा केहि व्यक्तीहरुबाट शसस्त्रका असई थमन वि.क. माथी हमला र पछि महोत्तरीको सोनुखडा स्थित खेतमा उनको लास भेटिएकोे थियो । उनलाई अस्पताल लग्दै गरेको एम्बुलेन्सलाई जलाईएको छ भने उनीसंगै रहेका एम्बुलेन्सका ड्राइभर,प्रहरी समेत सम्पर्क विहिन रहेको बुझिएको छ । शनिवार विहान सोही ठाउमा एकजनाको अरु शव भएको खवर आएपनि सो को पुष्टि भने हुन सकेको छैन । वि.क.को मृत्यु पश्चात नै जलेश्वरमा प्रहरीको गोलीलागी २ जनाको मृत्यु र दर्जनौ घाईते हुनुले जलेश्वर पुर्णरुपमा प्रतिशोधको भुमरीमा फसेको देखिएको छ ।
Be the first to comment on "जलेश्वर प्रतिशोधको आगोमा जल्दै अहिले सम्म ७ को मृत्यु"