महोत्तरीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, तीन प्रदर्शनकारीको मृत्यु

महोत्तरी– मधेसी मोर्चाले गरेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले गोली चलाउँदा तीन प्रदर्शनकारीको ज्यान गएको छ र ३ जनाको night vision हेलीकोप्टर बाट काठमाडौँ refer गरिएको छ | जलेश्वरमा अनिश्चितकालिन कर्फ्यु जारि गरिएको छ | भर्खरै प्राप्त जानकारी अनुसार बलवा र मनरा पुलिस चौकीमा आगजानी | साथै साथै औरही पुलिसको बिट जलाएको छ |

Mahottari-death

सदमुकाम जलेश्वरस्थित दुर्गाचोकमा हजारौको संख्यामा भेला भएका प्रदर्शनकारीहरु लाठी जुलुससहित प्रहरी कार्यालयभित्र प्रवेश गरि आक्रमणको प्रयास गरेपछि दुई पक्षबीच झडप भएको थियो । आन्दोलनकारीलाई नियन्त्रणमा लिन पहिले प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको र त्यसबाट पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

सो क्रममा प्रहरीको गोली लागेर जलेश्वर ७ बज्रजहीका रोहन चौधरी, महोत्तरी गाविस बडा नम्बर ५ का राम बिवेक यादव र बखरीका मुसवा कापरको ज्यान गएको हो ।
प्रहरीको गोली लागि गम्भीर घाइते बनेका उनीहरुको उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पुर्याउने बित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

जिल्ला अस्पताल परिसरमै रहेका पत्रकार रञ्जन भण्डारीका अनुसार डा राजीव नेतृत्वको चिकित्सकको टोलीले उनीहरुलाई मृत घोषित गरेको हो ।

भण्डारीका अनुसार सो झडपमा रिपोटर्स क्लब महोत्तरीका अध्यक्ष विकास मिश्रसहित दुई दर्जन आन्दोलकारी घाइते भएका छन् ।

यसैबीच आन्दोलनग्रस्त क्षेत्रमा रिपोर्टिङमा खटिँदा पत्रकार भण्डारी पनि सामान्य घाइते भएका छन् ।

यता, प्रशासनले भने आन्दोलनकारीले प्रहरी कार्यालयमा आक्रमण गरेपछि बल प्रयोग गर्नुपरेको बताएको छ । स्थिति नियन्त्रणमा लिन साँझ ८ बजेबाट कर्फ्यू लगाइएको छ ।

Be the first to comment on "महोत्तरीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, तीन प्रदर्शनकारीको मृत्यु"

Leave a comment

Your email address will not be published.

*