विशाल र्याली प्रदर्शन

रंजन भण्डारी
जलेश्वर,भाद्र २१ गते ।
मधेश आन्दोलनलाई समर्थन गर्दै विभिन्न संघसंगठनले जलेश्वरमा विशाल र्याली निकालेको छ । DSC00030 DSC00032 DSC00034 DSC00037 DSC00039 DSC00040
नेपाल निजामति कर्मचारी युनियन(संघ),नेपाल प्राध्यापक संघ,जलेश्वर नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति,गाविस कर्मचारी संघ नेपाल,स्वास्थ्यकर्मी ट्रेड युनियन,नेपाल शिक्षक महासंघ र नेपाल ट्रेड युनियन काँग्रेस लगायतका संघ संगठनले मधेश आन्दोलनप्रति ऐक्यबद्धता जनाउदैै सो र्याली निकालेको हो ।
हजारौको जनसहभागितामा निकालिएको सो र्याली जिल्ला शिक्षा कार्यालय महोत्तरीको सामुनेबाट सुरु भई बुद्धिजिवी चौक,खैराचौक,दुर्गाचौक,नगरपालिका चौक हुदै नगरपरिक्रमा गर्दै शिक्षा कार्यालयको सामुने कोणसभामा परिणत भएको थियो ।
सो कोणसभामा बोल्दै वक्ताहरुले यथासिघ्र मधेशको मांग सम्बोधन नभए देशमा ठुलो विद्रोह हुने र त्यसको जिम्मेवार सत्तापक्ष स्वयम हुने स्पस्ट पारेका छन ।

Be the first to comment on "विशाल र्याली प्रदर्शन"

Leave a comment

Your email address will not be published.

*