जलेश्वरमा ढुगांमुढा हुदै,नापीको जिपमा आगजनी

जलेश्वर,भाद्र ९ गते ।
महोत्तरी सदरमुकाममा प्रहरी र आन्दोलनकारी बिच छिन छिनमा सामान्य झडप भईरहेको छ । यता आन्दोलनकारीहरुले नापी कार्यालयको जिपमा आगो लगाउने प्रयास गरेका हुन ।11225777_1646254885653830_2620618576602661251_oआन्दोलनकारीहरुले प्रहरीमाथी ढुगांमुढा गर्न थालेपछि प्रहरीले सामान्य प्रतिकार गरेको छ । जलेश्वरको खैरा चौक,दुर्गा चौक क्षेत्रमा ढुगांमुढा गरिएको छ भने आन्दोलनकारीहरुले जलेश्वर ५ स्थित नापी कार्यालयको परिसरमा रहेको जिपमा आगजनीको प्रयास गरेका छन । बा१झ ७५७७ नं. को त्रिपालले छोपि राखेको जिपमा आन्दोलनकारीहरुले आगो लगाउदा त्रिपाल जलेको छ भने जिप सुरक्षित रहेको छ ।
यता बन्दलाई समर्थन गर्दै जाउख,सरपल्लो,बल्बा,रामगोपालपुर,कंचनवन र परौल लगायतका स्थानमा पुर्ण बन्द रहेको जानकारी प्राप्त भएको छ ।

Be the first to comment on "जलेश्वरमा ढुगांमुढा हुदै,नापीको जिपमा आगजनी"

Leave a comment

Your email address will not be published.

*