बन्दबाट सप्तरी ठप्प –घटना हुन नदिन प्रहरी तैनाथ

अाेम प्रकाश यादव

राजविराज , ५ साउन ।

संविधान सभाको मस्यौदा बिरोधमा उत्रिएका मधेशवादीदलका नेता तथा कार्यकता माथी प्रहरी प्रशानले गरेको दमन र कुटपिटको बिरोधमा आज अह्वान गरिएको तरार्ई मधेश बन्द कार्यक्रम अन्र्तगत सप्तरीमा बन्दको ब्यापक प्रभाव परेको छ ।बन्द कर्ताहरुले आज बिहानै देखि सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका यातायात ठप्प पारर नारावजी गर्दै बन्द गराएका छन भने शिक्षण संस्था, बजार पसल, उद्योग धनधा र कलकारखान समेत बन्द गराए बन्द गराएका त्यस्तै बन्दकर्ताहरुले पुर्व–पश्चिम राजमार्गामा पर्ने सप्तरीको भारदह, कंचनपु , रुपनी र कल्यानपुरको बिशनपुर चौकमा समेत आज बिहानै देखि मधेशी नेता तथा कार्यकर्ताहरुले राजमार्ग अबरुद्ध गरि बन्द गरेको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले बताउनुभयो आज बिहान देखि पुर्व–पश्चिम राजमार्ग अबरुद्ध भएपछि पुर्व र पश्चिमबाट आउने जाने सयौ सवारी साधान राजमागामै थान्किएका छन् । यता प्रहरीले भने अहिले सम्म कुने किसिमको घटना नभएको र थप घटना हुन नदिनको लागि ठाउँ ठाउँमा प्रहरी प्रशासन तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैबिच बन्दकर्ताहरुले जिल्लाको बिभिन्न ठाउ ठाउमा प्रहरी प्रशासन बिरुद्ध नारावाजी गरि रहेको एक मधेशवादी नेताले जानकारी दिनुभएको छ ।

Be the first to comment on "बन्दबाट सप्तरी ठप्प –घटना हुन नदिन प्रहरी तैनाथ"

Leave a comment

Your email address will not be published.

*