पुर्ण प्रेस स्वतन्त्रताको मांग गर्दै संविधानसभा अध्यक्षलाई ज्ञापनपत्र पेश

जलेश्वर,असार २७ गते ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले केन्द्रिय निर्देशन अनुसार आईतवार संविधानसभा अध्यक्षलाई प्रमुख जिल्ला अधिकारी दिपक काफले मार्फत पुर्ण प्रेस स्वतन्त्रताको मांग गर्दै ज्ञापनपत्र बुझाएको छ । ???????????????????????????????
मस्यौदा संविधानमा टिप्पनी तथा सुझाव प्रस्तुत गर्दैै नया बन्न लागेको संविधानमा अभिव्यक्ती स्वतन्त्रता र आमसन्चारको हक सम्बन्धि व्यवस्थामा पुर्ण प्रेस स्वतन्त्रता संसोधन गरि अभिव्यक्ती स्वतन्त्रता मैत्री बनाउन अनुरोध सो विज्ञप्तीमा गरिएको छ ।
नेपाल पत्रकार महासंघ महोत्तरीका सभापति ईश्वरी पौडेल,निवर्तमान सभापति हरि प्रसाद मण्डल,पुर्व सभापति दशरथ भण्डारी,प्रेस स्वतन्त्रता सेनानी कुवरकान्त झा,उपाध्यक्ष धिरेन्द्र राय लगायत दर्जनौ पत्रकारले व्यानर सहित नगर परिक्रमा गरि प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए ।

Be the first to comment on "पुर्ण प्रेस स्वतन्त्रताको मांग गर्दै संविधानसभा अध्यक्षलाई ज्ञापनपत्र पेश"

Leave a comment

Your email address will not be published.

*