क्षीरेश्वरनाथ नगरपालिकाको दोश्रो नगरपरिषद सम्पन्न

अजय साह

महेन्द्रनगर २०७१ पुस २८ गते
क्षीरेश्वरनाथ नगरपालिकाको दोश्रो नगरपरिषद आज सोमवार एक भव्य समरोह बीच सम्पन्न भएको छ।
दोश्रो नगरपरिषदमा क्षीरेश्वरनाथ नगरपालिकाले आगामी आर्थिक वर्È २०७२÷७३ का लागि ७ करोड ८१ लाख ४९ हजार २ सय को अनुमानित बजेट सार्वजनिक गरेको छ ।

फोटो अजय साह
फोटो अजय साह

नगरपालिकाको प्रांगनमा सोमवार आयोजित दोश्रो नगरपरिषदको समुदघाटन कार्यक्रममा कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीले आ.व. २०७२÷७३ का लागि नपा तर्फ पुजिगत बजेट रु. ४ करोड ७५ लाख ५० हजार २ सय र चालु तर्फ ३ करोड ५ लाख ९९ हजार गरी जम्मा ७ करोड ८१ लाख ४९ हजार २ सय आय व्ययको अनुमानित बजेट प्रस्ताव गरिएको बताए ।
त्यसैगरी आन्तरिक आय तर्फ नगरपालिकाले ८७ लाख को आयव्यय प्रस्ताव गरेको छ ।
परिÈदले नगरको पर्यटन विकासका लागि गुरुयोजना तयार गर्ने र स्वास्थ्य तथा सरसफाई, सामाजिक विकास तथा समावेशीकरण्ँ, बालमैत्री स्थानिय शासन प्रद्धतिको अवलम्बन, कला तथा सस्कृति संरÔण्ँ लगायतका कार्यक्रमलाई विशेÈ जोड दिएको छ ।
आर्थिक वर्È २०७१÷७२ को लागि नगरपालिका तर्फ विभिन्न कार्यक्रमहरु समेतका लागि समष्टिगत बजेट चालु तर्फ २ करोड ३२ लाख २० हजार र पुजिगत तर्फ ६ करोड ३८ लाख ३० हजार गरी कुल ८ करोड ७० लाख ५० हजार आय व्यय प्रस्तावित गरिएकोमा चालु आवको मंसीर मसान्त सम्म चालु तर्फ २० लाख ६१ हजार ३ सय ८४ र पुजिगत तर्फ १९ लाख ४३हजार ८६ रुपैया गरी जम्मा ४० लाख ४ हजार ४ सय ७० खर्च भएको जानकारी पनि कार्यकारी अधिकृत चौधरीले गराए । यसैगरी आन्तरिक आय तर्फ ५५ लाख ५० हजार बजेट प्रस्ताव गरिएकोमा चालु आ.व.को मंसीर मसान्त सम्म १३ लाख ७१ हजार ३ सय ३६ आम्दानी हुन आएको जानकारी समेत कार्यकारी अधिकृत चौधरीले गराए ।
क्षीरेश्वरनाथ नगरपालिकाको बयोबृद्ध नेता जुगेश्वर शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, समाजसेवी, महिला, अपाङ, आदिवासी जनजाति, महिला, युवा, संचारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले बजेटलाई सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *