महिला हिंसाको मुख्य कारक सामाजिक कुरिती,प्रथा र परम्परा

रंजन भण्डारी
जलेश्वर,असार २३ गते ।
समाजमा प्रथा सामाजिक कुरिती र परम्परा ममहिला माथी हुने गरेको हिंसात्मक घटनाको्र मुख्य कारक रहेको र दाईजो , वोक्सी यौनिक जस्ता हिंसा ले महिला पिडित हुदै आईरहेको महिला आयोग कि सदस्य धनेश्वरी चौधरीले एक कार्यकमा भनेकि छिन ।
जिल्ला विकास समिति महोत्तरीको सभाकक्षमा प्रथा परम्परा तथा सामाजिक कुरितीका कारण महिला माथी हुने हिंसा सम्बन्धि अन्तरकृया कार्यक्रममा बोल्दै बक्ताहरुले सासु बुहारी , नन्द भाउजु आदि नाता पर्नेहरु यस्ता हिंसामा बढी संलग्न हुने गरेको जनाएका छन ।
राष्ट्रिय महिला आयोगको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता राष्ट्रिय महिला आयोग की सदस्य धनेश्वरी चौधरीले गरेकी थिईन भने कार्यक्रम प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यमा भएको थियो ।
महिला विकास अधिकृत चन्दकुमारी व्यञ्जनकारले स्वागत मन्तव्य व्यक्त गर्दै आमन्त्रित सवैलाई महिला माथी हुने गरेको हिंसा रोक्नमा सहयोग पुर्याउन आग्रह गरेकि थिईन ।
कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

Be the first to comment on "महिला हिंसाको मुख्य कारक सामाजिक कुरिती,प्रथा र परम्परा"

Leave a comment

Your email address will not be published.

*